शीतलहरका कारण महोत्तरीकाे दुई पालिकाका विद्यालयमा बिदा

महोत्तरी – हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि महोत्तरीका दुई पालिकाले सामुदायिक विद्यालयहरूमा जाडाे बिदा दिएकाे छ । गौशाला नगरपालिका र रामगोपालपुर नगरपालिकाले आउँदाे शुक्रबारसम्मका लागि सामुदायिक विद्यालयहरूमा बिदा दिएकाे हाे ।

अत्यधिक मात्रामा चिसो बढेर मौसम प्रतिकूल हुँदा विद्यालय जान बालबालिकालाई कठिन भएपछि शुक्रबारसम्मका लागि बिदा दिइएको गौशाला नगरपालिकाकाे शिक्षा शाखाका पुरुषोतम अधिकारीले बताउनुभयाे ।

त्यस्तै रामगोपालपुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णले नगरभरिका सामुदायिक विद्यालयहरूमा वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरि जाडो बिदा दिइएकाे जानकारी दिनुभयाे ।

TOP