राष्ट्रिय महिला लिग: नेपाल पुलिस क्लब र चौदण्डीगढीबीच खेल हुँदै
काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच खेल हुँदै छ ।
सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्समा दिउँसो २ बजे यी दुई समूहबीचको खेल हुने भएको हो । आज नेपाल पुलिस क्लब र चौदण्डीबीचको खेलमात्रै हुनेछ ।
उपाधि दाबेदार मानिएको पुलिसका लागि यस खेल महत्त्वपूर्ण रहेको छ भने चौदण्डी पुलिसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
चौदण्डीको यो पहिलो खेल हो । जारी लिगमा एपीएफले हिजो चन्द्रपुरलाई ६-० गोलले हराएको थियो ।
प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


