हुस्सुका कारण काठमाण्डौ–विराटनगर रुटका ११ वटा उडान स्थगित
काठमाण्डौ – पूर्वी तराईमा लागिरहेको कुहिरो र हुस्सुले मङ्गलबार (आज) ११ वटा उडान स्थगित भएका छन् ।
हुस्सुले विराटनगर विमानस्थल सबैभन्दा प्रभावित भएको छ । मङ्गलबार काठमाण्डौ–विराटनगर रुटका कुनै पनि उडान नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे छ ।
बुद्ध एअरका मात्रै विराटनगर उडान तालिका भएका पाँच वटा उडान स्थगित भएका छन् । यस्तै यती र श्री एअरलाइन्सका तीन/तीन वटा उडान स्थगित भएका छन् ।
पछिल्लो केही दिनयता तराईमा लागेको हुस्सु र कुहिरोले आन्तरिक उडान अस्तव्यस्त हुँदै आएका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


