महिला लिग : पुलिससँग ३–० ले हार्‍याे विराटनगर

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको छ । मङ्गलवार भएको दोस्रो खेलमा पुलिसले विराटनगरलाई तीन–शून्यले हराउँदै तेस्राे जित निकालेको हो ।

पुलिसका लागि निरु थापाले दुई र निर्मला उपाध्यायले एक गोल गरिन् । निर्मलाले खेलको ४१ औँ मिनेटमा गोल गर्दा निरुले ५७ औँ र र ६० औँ मिनेटमा गोल गरिन् ।

जितसँगै पुलिस ११ अङ्कका साथ लिगको चौथो स्थानमा छ । वालिङसँग समान ११ अङ्क रहे पनि गोल अन्तरका आधारमा पुलिसपछि परेको हो । विराटनगर आठ खेलमा १० अङ्कसहित पाँचौ स्थानमा छ ।

मङ्गलवारको जितसँगै पुलिसले पहिलो चरणमा एक–शून्यको हारको बदला लिन सफल भएको छ ।

TOP