चीनले भारतसँगको सीमा क्षेत्रमा बनाएको हेलिप्याड हटायो
काठमाण्डाै – चीनले पूर्वी लद्दाखमा भारतसँगको सीमा क्षेत्रमा बनाएको हेलिप्याड नष्ट गरेको छ ।
गएकाे वर्ष भारत र चीनबीच तनाव बढेका बेला चीनले बनाएको हेलिप्याड चीनले नै नष्ट गरेको बीबीसी हिन्दीले जनाएको छ । चीनले पेङ्गोङ्ग झरनाको उत्तरी किनारमा हेलीप्याड र अरु संरचना बनाउनुको साथै अस्थायी किल्ला पनि तयार गरेको थियो ।
चीन र भारतबीच भएको सीमा विवाद समाधानको सहमति भएपछि चीनले सीमा क्षेत्रका संरचना नष्ट गर्न थालेको बीबीसीको खबरमा उल्लेख छ । गएको बुधवार भारत र चीनबीच सीमामा सैनिक उपस्थिति घटाउन प्रकृया सुरू गर्ने सहमति भएको थियो ।
सहमतिपछि दुवै देशका सैनिक पुरानै ठाउँमा फर्कन थालेका हुन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


