बाँकी दुई वर्षे कार्यकाल सांसदहरूले गुमाउन चाहेका छैनन् : दाहाल
चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले मङ्गलवार आयोजना गरेको अन्तरक्रियामा उहाँले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताउनुभयो ।
निर्वाचन आयोगले बहुमतलाई नै मान्यता दिने जिकिर पनि उहाँले गर्नुभयो । अहिलेको सरकारले चुनाव नगराउने दाबी गर्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा पुनर्स्थापना हुनेमा आफूहरू पूर्ण विश्वस्त रहेको बताउनुभयो । ‘बाँकी रहेको दुई वर्षे कार्यकाल सांसदहरूले गुमाउन चाहेका छैनन्’, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो ।
अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने बताउँदै उहाँले भन्नुभयो, ‘प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिन्छ ।’ पत्रकारका एक प्रश्नमा उहाँले छिट्टै संयुक्त आन्दोलन गर्ने विषयमा विभिन्न दलसँग कुराकानी भएको जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका–१० मा बन्दै गरेको सभागृहको निरीक्षणपछि उहाँले आफ्नो चुनाव क्षेत्रमा सोचेभन्दा बढी विकास भएको जिकिर गर्नुभयो । आफ्नै चुनाव क्षेत्रको माडी अयोध्या र रामको जन्मभूमि भएको प्रमाणित गर्नका लागि पुरातात्विक अन्वेषण गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


