काठमाण्डौ महानगरले आजदेखि नगरभित्रका स्थानीयवासीकाे मिर्गौला परीक्षण गर्ने
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आजदेखि नगरभित्रका स्थानियबासिन्दाको मिर्गौला परीक्षण गर्ने भएको छ ।
महानगरपालिकाका १ देखि ३२ वटै वडाका बासिन्दाको नि:शुल्क मिर्गौला परीक्षण गर्ने जनस्वास्थ्य विभागले जनाएको छ । मिर्गौला परीक्षणका लागि आजदेखि सुरु हुने अभियान ६ महिनासम्म चल्नेछ । स्वस्थ मिर्गौला, स्वस्थ काठमाण्डौ कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य विभागले जनाएको छ ।
विभागले सार्वजनिक सूचना निकालेर वडामा रहेको सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा गई नि:शुल्क परीक्षण गराउन आग्रह गरेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


