काठमाण्डाै उपत्यकाकाे मौसम सफा रहने, उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना
काठमाण्डाै – आज काठमाण्डाै बाहेक पहाडका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
काठमाण्डाै र आसपास क्षेत्रको मौसम भने दिनभर सफा रहने र बेलुकीतिर आंशिक बद्लीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।
अरु क्षेत्रको मौसम भने सफा रहेको मौसमविद्ले बताएका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


