केन्द्रीय सदस्यहरूलाई तयारी अवस्थामा रहन प्रचण्ड–माधव समूहकाे निर्देशन
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै आफ्ना पक्षका केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।
शुक्रवारकाे बैठकमा केन्द्रीय सदस्यहरूको नागरिकताको प्रतिलिपिसहित हस्ताक्षर सङ्कलन गरिएको छ । बैठकमा अध्यक्षद्वय प्रचण्ड र नेपालले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुभएको समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले आफ्नो समूहले गर्दै आएको आन्दोलनलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो । गएकाे पुस ५ मा भएकाे प्रतिनिधि सभा विघटनपछि चौथो चरणको आन्दोलनमा रहेको प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा वैधानिकताका लागि निवेदन दिएको छ । तर आयोगले यसबारे कुनै चासो नदेखाएको भन्दै प्रचण्ड–माधव समूह असन्तुष्ट छ ।
बैठकपछि प्रवक्ता श्रेष्ठले प्रदेश २ मा प्रदेश प्रमुख परिवर्तन गर्नु प्रधानमन्त्री ओलीको अराजनीतिक चरित्र भएको समेत टिप्पणी गर्नुभएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


