प्रिमियर लिगमा उल्भर ह्याम्पटनसँग लिड्स युनाइटेड पराजित
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उल्भर ह्याम्पटन वान्डरसले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।
उल्भर ह्याम्पटनले गएराति भएकाे खेलमा लिड्स युनाइटेडलाई १–० गोल अन्तरले ले पराजित गरेको हो । उल्भर ह्याम्पटनका लागि इलान म्यासलियरले एक गोल गरेका हुन् । जारी लिगमा उल्भर ह्याम्पटन ३३ अङ्कसहित ११ औँ र लिड्स युनाइटेड ३२ अङ्कसहित १२ औँ स्थानमा रहेका छन् ।
५६ अङ्कसहित म्यानचेस्टर सिटी लिगकाे शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४६ अङ्कसहित दोस्रो स्थानमा रहेकाे छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


