पहाडी क्षेत्रका केही भूभागमा मेघगर्जनसहित पानी पर्न सक्ने
काठमाण्डौ – आज दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो क्रम बेलुकीसम्म नै रहने महाशाखाका मौसमविद्ले बताएका छन् । अहिले देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ । यस्तै तराईका थोरै ठाउँहरुमा हल्का कुहिरो र हुस्सु लागेको छ भने अरु ठाउँको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


