रसुवामा खोलाले बगाउँदा एक बालक बेपत्ता, एकको उद्धार
रसुवा – रसुवाको उत्तरगया गाउँपालिका ५ खाल्डेमा खेल्ने क्रममा खोलाले बगाएका दुई बालकमध्ये एक जनाको उद्धार गरिएको छ । एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सोमवार दिउँसो साढे ३ बजेतिर खोला छेउमा खेलिरहेका साढे दुई वर्षका युुकेस तामाङ र तीन वर्षका आश्विन तामाङलाई त्रिशूली खोलाले बगाएको थियो ।
दुई बालक खोलामा झरेसँगै आश्विन तामाङलाई तत्काल स्थानीयले उद्धार गरेका थिए । अर्का बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


