वाग्मती, गण्डकी र प्रदेश-१ का पहाडी भू-भागमा हल्का पानी पर्ने
काठमाण्डाै – आज प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
यी तीन वटा प्रदेशको हिमाली क्षेत्रका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रही बाँकी भू-भागको मौसम सफा रहने महाशाखाको अनुमान छ ।
अहिले केही पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली रहेको छ भने बाँकी ठाउँको मौसम सफा रहेको मौसमविद्ले बताएका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


