मेयर कप क्रिकेट : साेमपालकाे विस्फाेटक ब्याटिङमा आर्मीले काठमाण्डौ–११ लाई हरायो
काठमाण्डौ – मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले काठमाण्डौ मेयर–एघार लाई पाँच विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा काठमाण्डौ–११ ले दिएको एक सय ५६ रनको लक्ष्य आर्मीले २३ ओभर पाँच बलमा मात्रै पाँच विकेट गुमाएर भेटायो ।
आर्मीका लागि सोमपाल कामीले ५१ बलमा ८० रन बनाए । सोमपालले ६ छक्का र नौ चौका प्रहार गरे । उनलाई सन्दीप लामिछानेले आउट गरे । आज महँगा सावित भएका सन्दीपले नौ ओभरमा ७४ रन दिएर दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौ मेयर–एघार ४२ ओभर एक बलमा एक सय ५५ रन बनाउँदै अलआउट भयो । उसका सौरभ खनालले सर्वाधिक ४२ रन बनाए । आर्मीका शाहब आलमले चार र जितेन्द्र मुखियाले तीन विकेट लिए ।
याे जितसँगै आर्मीले दुई खेलमा दुई अङ्क जोडेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


