पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित चट्याङ पर्ने
काठमाण्डाै – देशका पहाडी क्षेत्रका केही ठाउँमा आज दिउँसो पछि मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद्ले बताएका छन् ।
प्रि मनसुनको सिजन भएकाले अब हरेक दिनजसो दिउँसो पछि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । प्रि मनसुनमा स्थानीय वायुको प्रभावको असर धेरै पर्ने हुन्छ । स्थानीय वायुको प्रभावकै कारण कुनै एक ठाउँमा घाम लागिरहे पनि त्यसको नजिकै असिना पानी पर्न सक्छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेमा भने धेरै ठाउँमा पानी पर्ने सम्भावना रहने मौसमविद् शाक्यले बताउनुभयो । मार्च, अप्रिल र मे गरी तीन महिनालाई प्रि मनसुनको सिजन मानिन्छ । जुनदेखि भने नेपालमा मनसुन लाग्नेछ । यस्तै, आज पनि केही पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसमविद्को अनुमान छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


