भागरथीको हत्या आरोपी दिनेश भट्टलाई सुधारगृहमा पठाउने अदालतको आदेश
काठमाण्डौ – बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृहमा पठाइएको छ ।
जिल्ला अदालत बैतडीले १६ वर्षका दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेशसँगै आज उनलाई डोटीको दिपायलमा रहेको सुधारगृहमा पठाइएको हो । सरकारी वकिलको कार्यालयले हिजो बिहान अदालत पेस गरेकोमा अदालतले उनलाई सुधारगृह लैजान आदेश दिएको हो ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकीमा रहेको सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई त्यसै विद्यालयमा पढ्ने दिनेशले बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ । भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


