२४ घण्टामा थप ९७ जनामा कोरोना सङ्क्रमण
काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
४४ सय ८४ जनामा पीसीआर परीक्षण गर्दा ९७ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७५ हजार ७० पुगेको छ ।
यस्तै थप ६६ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार एक सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले नौ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । २४ घन्टामा कोरोना सङ्क्रमणको कारण कसैको पनि ज्यान गएको छैन ।
नेपालमा सङ्क्रमणका कारण तीन हजार १२ जनाको ज्यान गइसकेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


