मे महिनाभित्र अमेरिकाका सबै वयस्क नागरिकलाई खोप लगाइने
काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडनले मे महिनाभित्र सबै वयस्क नागरिकलाई खोप लगाउने गरी तयारी थालिएको जानकारी दिनुभएको छ ।
आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै उहाँले सबै वयस्क उमेरका नागरिकलाई खोप लगाउन राज्य तथा स्थानीय निकायलाई आदेश दिइने बताउनु भएको हो ।
उहाँले युवा उमेर समूहका सम्पूर्ण नागरिकलाई खोप अभियानमा सहभागी हुन आग्रह गर्नु भएको छ । खोप अभियानलाई विस्तार गरिरहेको अमेरिकाले पशु चिकित्सक तथा दाँतका डाक्टर (डेन्टिस) ले पनि खोप लगाइदिन सक्ने गरेर व्यवस्था मिलाएको छ ।
साथै खोपकर्तालाई स्थानीयस्तरमै पठाएर खोप लगाउने व्यवस्था मिलाइने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ रहेको छ । साथै बाइडेनले जुलाई ४ मा मनाइने अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा सानोतिनो भेला गर्न सकिने सम्भावना रहेको बताउनु भएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


