थप ६० जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशैभरि ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २३ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार एक सय ७८ पुगेको छ । यस्तै गएको २४ घण्टामा ७२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार दुई सय ४९ पुगेको छ । गएको २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १४ पुगेको स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा नौ सय १५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


