प्रतिनिधिसभाको बैठक बस्दै : पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने
काठमाण्डाै – प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
दिउँसो एक बजे बस्ने आजको बैठकमा संविधानसभा सदस्यको निधनमा शोक प्रस्ताव पारित र बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
गएको फागुन २३ र २६ गते बसेको बैठकमा संसदमा कुनै पनि एजेन्डामा छलफल हुन सकेन । प्रतिनिधिसभामा अध्यादेश पेस गर्ने कि नगर्ने भन्नेबारेमा विवाद छ ।
हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । तर दलहरुबीच अध्यादेश पेस गर्ने विषयमा सहमति जुट्न सकेन ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


