ईटा उद्योगमा कार्यरत बालबालिकाहरु लाई सहयोग हस्तान्तरण
केशव बेल्वासे कपिलवस्तु,
ईटा उद्योगमा कार्यरत बालबालिकाहरु लाई सहयोग हस्तान्तरण गरीएको छ । दलित मानव अधिकार निगरानी समिति कपिलवस्तुको आयोजना र विश्व शिक्षा सक्रिय परियोजना काठमाडौँको सहयोगमा सहयोग हस्तान्तरण गरीएको हो । ईटा उद्योगमा कार्यरत बालबालिकाहरुलाई शिक्षा पहुँच बढाउन तथा थप जोखिम हुने अवस्थाबाट जोगाउनका लागि सहयोग गरीएको दलित मानव अधिकार निगरानी समिति कपिलवस्तुका अध्यक्ष मिना परीयारले बताउनु भयो ।
शिवराज नगरपालिका भित्रका ईटा उद्योगमा कार्यरत १२ जना बालबालिका मध्य आज धर्मनगरका ६ जना बालबालिकालाई सहयोग हस्तान्तरण गरीएको र बाकिँ ६ जनालाई पुन सहयोग प्रदान गरीने परीयारले बताउनु भयो । हिजो महाराजगजं नगरपालिकाका १५ जना बालबालिकालाई सहयोग हस्तान्तरण गरीएको उँहाले बताउनु भयो ।
बालबालिकाहरुलाई खाद्य सामग्रि, शैक्षिक सामग्रि लगायत प्रदान गरीएको थियो । दियालो नेपाल कपिलवस्तुका अध्यक्ष तारा थापा, शिक्षक, अभिभावक लगायतको सहभागितामा सहयोग हस्तान्तरण गरीएको हो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


