नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन दिन प्रचण्ड सर्वोच्चमा

काठमाण्डाै – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुग्नु भएको छ ।

गएको फागुन २३ गते सर्वोच्चले नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसलामा एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएपछि प्रचण्ड पुनरावलोकनका लागि आज अदालत जानु भएको हो । फागुन २३ गतेको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी एकता अघिकै एमाले र माओवादी केन्द्रमा पुगेको छ ।

पुनरावलोकनमा जानुअघि माओवादी केन्द्रले कानुन व्यवसायीसँग समेत छलफल गरेको थियो । यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन गरेपछि नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुट्दैछन् । अब कसरी अगाडि बढ्ने भन्नेबारे आज दिउँसो  छलफल हुन लागेको हो ।

अनुशासन विपरीत गतिविधि गरेको भन्दै ओलीले नेपाल र रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बनको निर्णय गरेपछि यो समूह थप असन्तुष्ट बनेको छ । 

TOP