निलम्बनमा परेपछि सुरेन्द्र पाण्डेकाे प्रतिक्रिया : ओली एमाले र कम्युनिस्ट आन्दाेलन समाप्त गर्ने दिशामा हुनुहुन्छ
काठमाण्डाै – नेकपा एमालेबाट निलम्बनमा पर्नुभएका नेता सुरेन्द्र पाण्डेले याे कदम पूर्वनियाेजित र अपेक्षित नै रहेकाे बताउनुभएकाे छ ।
अध्यक्ष ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरे पनि फेसबुक स्टाटसमा पाण्डेले पार्टी अध्यक्ष ओली लामो समयदेखि गुटपरस्त मानिस रहेकाे आराेप लगाउनुभएकाे छ ।
उहाँले स्टाटसमा लेख्नुभएकाे छ, ‘गुटबन्दी गर्दै गर्दै गएर ओलीले नवौँ महाधिवेशनमा पार्टी कब्जा गर्नुभयो । गुटद्वारा कब्जा गर्दै पार्टीका मानिस निकाल्ने, गुटद्वारा शासन गर्ने सिलसिलाकै जारी रूप हो । यसले आन्दोलनलाई नोक्सानी गर्छ नै । एमाले र देशकाे कम्युनिस्ट आन्दोलन नै समाप्त गर्ने दिशातिर लाग्नुभएको छ ।’
नेता पाण्डेले कम्युनिस्ट आन्दोलनको झण्डालाई झुक्न नदिने बताउँदै यसलाई अघि बढाउने कुरामा कुनै कसर बाँकी नराख्ने बताउनुभएकाे छ । साथै उहाँले घोषणा पत्रमार्फत गरिएका वाचा, समृद्ध नेपाल निर्माण गर्ने अभिभारा पूरा गर्न थप सशक्त, अझ जुझारू र गम्भीर भएर अघि बढ्ने बताउनुभएकाे छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


