क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना
काठमाण्डाै – भारतका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् ।
केही दिनअघि कोरोना सङ्क्रमित बनेका उनी डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना भएका हुन् ।
उनले ट्वीट गर्दै आफू डाक्टरको सल्लाहअनुसार अस्पताल भर्ना भएको र अबको केही दिनमै निको हुने विश्वास लिएकाे बताएका छन् ।
सचिन सन् २०११ मा भएको वर्ल्ड कपमा भारतलाई जिताउन सफल भएका थिए । सन् २०११ को अप्रिल २ अर्थात आजकै दिन श्रीलङ्कालाई हराउँदै भारतले वर्ल्डकप जितेको थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


