पहाडी क्षेत्रकाे मौसम आंशिकदेखि सामान्य बद्ली हुने

काठमाण्डाै – देशका पहाडी क्षेत्रमा आज मौसम आंशिकदेखि सामान्य बद्ली रहने भएको छ।

स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रको मौसम बद्ली हुने भएको हो ।

काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम बद्ली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश एक र गण्डकी प्रदेशका केही ठाउँमा मौसम बद्ली हुने र एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । यस्तै आज राति पनि देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली रहने अनुमान छ ।

एक/दुई दिन मौसम यस्तै रहने पनि महाशाखाले जनाएको छ ।

TOP