डेडिकेटेड र ट्रंक लाइनबापतको १० अर्ब १४ कराेड रुपैयाँ एक महिनाभित्र असुल्न लेखा समितिको निर्देशन
काठमाण्डाै – संसद्को सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ । लेखा समितिको आइतवारकाे बैठकले डेडिकेटेड र ट्रंक लाइनबापतको १० अर्ब १४ करोड रुपैयाँ बक्यौता रकम एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको हो ।
आइतवारकाे बैठकले डेडिकेटेड र ट्रंक लाइनबापतको बक्यौता सम्बन्धमा अध्ययन गर्न बनेको उपसमितिको प्रतिवेदनअनुसार समितिले बक्यौता रकम उठाउन निर्देशन दिएको हो । बैठकमा सांसद प्रदीप यादवले नागरिक लोडशेडिङको चर्को मारमा परिरहँदा पनि विशेष सुविधाका आधारमा डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली उपयोग गर्ने उद्योगीले बक्यौता नतिरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सांसद यादवले सरकारले लेखा समितिको निर्णय तत्कालै कार्यान्वयन गर्नुपर्ने र निर्णय कार्यान्वयन भएकाे/नभएको अनुगमन गर्नुपर्ने बताउनुभो । यस्तै सांसद राजन केसीले उद्योगीले जुनसुकै हालतमा पनि बक्यौता रकम तिर्नुपर्ने बताउनुभयो ।
यसअघि अदालत र नेपाल विद्युत् प्राधिकरणले पनि डेडिकेटेड र ट्रंक लाइनबापतको बक्यौता तिर्न पटक–पटक उद्योगी व्यापारीलाई निर्देशन दिँदै आए पनि १० अर्ब रुपैयाँभन्दा धेरै रकम उठ्न बाँकी छ । २०७२ सालदेखि सरकारले अन्य क्षेत्रमा लोडशेडिङ भए पनि मुख्य औद्योगिक क्षेत्रमा केही बढी शुल्क लिएर छुट्टै लाइनमार्फत चौबीसै घण्टा बिजुली दिएको थियो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


