प्रिमियर लिग : वुल्भ्सलाई पराजित गर्दै वेष्ट ह्याम शीर्ष चारमा प्रवेश
काठमाण्डाै – प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम शीर्ष चारमा प्रवेश गरेको छ ।
वुल्भ्सलाई ३-२ गोलले पराजित गर्दै वेष्टह्याम ५२ अङ्क बनाएर चौथो स्थानमा प्रवेश गरेको हो ।
जितसँगै वेष्ट ह्यामका कप्तान मार्क नोबेलले आफूहरुले खेलमा हार ब्यहाेर्नु नपर्ने प्रतिक्रिया जनाएका छन् । वुल्भ्स ३५ अङ्कसहित १४ औँ स्थानमा रहेको छ ।
यस्तै गएराति भएको अर्को खेलमा एभर्टन र क्रिस्टल प्यालेसबीचको खेल बराबरीमा सकिएको छ । दुवै समूहले १/१ गोल गरेसँगै अङ्क बाँडेका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


