सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

काठमाण्डाै – सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएकाे छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो ।

हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँले बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम भएकाे चाँदीकाे भाउ आज १२ सय ६० रुपैयाँमा पुगेको छ ।

TOP