आहा रारा गोल्ड कपमा पुलिसलाई हराउँदै अफ्रिकन रुट फाइनलमा
काठमाण्डाै – आहा रारा गोल्ड कप फुटबल प्रतियाेगितामा नेपाल पुलिस क्लबलाई हराउँदै अफ्रिकन रुट एसोसिएसन फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा पुलिस क्लबलाई दुई–शून्यले हराउँदै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो । अफ्रिकन रुटका बासेकले खेलकाे तेस्राे मिनेटमा र मौसाले इन्जुरी समयमा एक/एक गोल गरे ।
६ पटकको च्याम्पियन पुलिस सेमिफाइनलबाटै बाहिरिएको छ । पहिलो पटक सहभागी अफ्रिकन रुट फाइनल पुगेको हो ।
उपाधिका लागि शनिवार सङ्कटा क्लब र अफ्रिकन रुट खेल्ने भएका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


