जाजरकाेटमा वनमा लागेकाे डढेलाे बस्ती पस्दा पाँच घर जलेर नष्ट

जाजरकाेट – जाजरकाेटकाे नलगाड नगरपालिका–८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।

स्थानीय नाैँधारी जङ्गलमा लागेकाे आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अम्मरबहादुर सिंह, खड्क सिंह, बेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर जलेकाे हाे । घरभित्र रहेका लत्ताकपडा र पशुचौपाया समेत जलेका छन् । 

गएराति भएको त्यस घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ । नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्याधिक लाग्ने ठाउँ भएका कारण समयमै आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको हो । 

TOP