कालीकाेटकाे खोली बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट
कालीकोट – कालीकाेटकाे पचाल झरना गाउँपालिका – ८ को खोली बजारमा आगलागी हुँदा ६ घर जेलेर नष्ट भएका छन् ।
स्थानीय दुर्गा सार्की, वीरमाने सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीको घर आगलागी हुदाँ नष्ट भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो । आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जारकोटबाट नेपाल प्रहरीको टोली खटाइएको डीएसपी चक्रबहादुर शाहले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालसहित स्थानीय नागरिकले आगो नियन्त्रणमा सहयोग गरेका थिए । दिउँसो घर नजिकै खेलिहरेका केटाकेटीहरुले आगाे लगाएको हुन सक्ने गाउँपालिका अध्यक्ष सेजुवालकाे भनाइ छ । आगलागीबाट सार्की परिवारका भाँडाकुडा, लत्ताकपडा र खाद्यान्नसमेत जलेर नष्ट भएकाे छ ।
कर्णाली करिडोर नजिकै खोलामा बस्ती भएकाले आगो नियन्त्रणमा लिन सकिएको प्रहरीले जनाएकाे छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


