नेपालमा २४ घण्टामा ३६७ जनामा काेराेना सङ्क्रमण
काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ६७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
३१ सय २५ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जना र ६ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी कुल तीन सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार २८ पुगेको छ । आइतवार कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये एक सय ५४ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय ४१ जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार २७ पुगेको छ । अहिले नेपालमा २९ सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।
गएको २४ घण्टामा एक जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ४० पुगेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


