सर्वाेच्चकाे फैसला : सर्वोच्चको न्यायाधीश बन्न नहकुल सुवेदीको योग्यता पुग्छ

काठमाण्डाै – सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्यता पुग्ने फैसला सुनाएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीले न्याय सेवाको सह–सचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा १२ वर्षभन्दा बढी अवधि काम गरेकाले संविधानअनुसार सर्वोच्चको न्यायाधीश बन्न योग्यता पुग्ने फैसला गरेको हो ।

संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सह–सचिवस्तरको पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ ।

यसअघि गएको शुक्रवार सर्वोच्च अदालत बार एसाेसिएशनले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका सुवेदीको नियुक्ति र छनोट प्रक्रिया गलत रहेको बताएको थियो ।

सुवेदी न्याय परिषदबाट फागुन २८ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस हुनुभएको हो । 

TOP