अमेरिकामा प्रहरीको गोली प्रहारबाट अश्वेत नागरिकको ज्यान गयाे
काठमाण्डाै – अमेरिकामा प्रहरीको गोली लागेर एक अश्वेत नागरिकको ज्यान गएको छ ।
ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गर्ने क्रममा प्रहरीको गोली लागेर मिनसोटाको ब्रुकलिनमा २० वर्षका डन्टे राइटको ज्यान गएको बीबीसीले जनाएको छ ।
प्रहरीले गल्तीवश गोली चलेको जनाएको छ । तर घटनापछि प्रदर्शन र लुटपाटका घटना भइरहेका छन् । तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
अमेरिकाका मिनसोटाको मिनियापलिस र सेन्ट पलमा आपतकाल घोषणा गरिएको छ । ती सहरमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।
अर्का एक अश्वेत जर्ज फ्लोइडको हत्याको आरोपमा पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा मिनियापलिसमा पनि प्रदर्शन भइरहेकाे बीबीसीले जनाएको छ ।
राष्ट्रपति जो बाइडनले गोली प्रहार हुनु दुःखद् भएको तर प्रदर्शन र लुटपाटको औचित्य नरहेको बताउनुभएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


