लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिए

रुपन्देही – प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै लुम्बिनी प्रदेश सरकारका आन्तारिक मामिला तथा कानुन मन्त्री र सामाजिक विकास मन्त्रीले राजीनामा दिएका छन् । 

आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् । दुवै जना नेकपा माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री बनेका थिए । 

यसअघि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको तर्फबाट प्रदेश सभा सदस्य इन्द्रजित थारुले मुख्यमन्त्री पाेखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो । अविश्वासको प्रस्तावमा ४१ सांसदको हस्ताक्षर रहेको छ ।

अबको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

TOP