पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण
काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर गएकाे आइतवार मात्रै नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलमा कोरोना सङ्क्रमण देखिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा दम्पतीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । कोरोनाबाट बच्न कुनै स्वास्थ्य मापदण्ड पालना नभएको कुम्भमेलामा सहभागी सयौँ जनामा कोराना पुष्टि भएको छ ।
भारतका विभिन्न राज्यले कुम्भमेलामा सहभागीलाई अनिवार्य क्वरेण्टीनमा बस्न निर्देशन दिएका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


