पार्किङमा राखेको ट्याक्टरमा अज्ञात समूहद्वारा आगजनी
गुल्मी – गुल्मीमा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेको छ । रेसुंगा नगरपालिका ६ अन्तर्गत चेक्मीमा साइटमा योजनाको काम गर्दै आएको लु ४ च ८८४४ नम्बरको ट्याक्टरमा शुक्रबार बिहान आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पुष्पाञ्जली निर्माण सेवाले भाडामा लिएर गएको तीन हप्तादेखि साइटमा काम गर्दै आएको ट्याक्टर पार्किङ्गमा राखिरहेको अवस्थामा बिहान साढे चार बजेतिर आगजनी गरिएको निर्माण सेवाका सञ्चालक सञ्जय पन्थीले बताउनुभयो ।
ट्याक्टर चालकले बिहान पाँच बजे साइटमा काम गर्न जाने क्रममा ट्याक्टरमा आगो दन्किरहेको देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताउनुभयाे ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


