थप २५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, पाँच जनाको ज्यान गयो
काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार सात सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार चार सय ४९ जना र आठ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय १० जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ९४ हजार ६ सय एक पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार सय १० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७६ हजार सात सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँचसहित अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार एक सय २२ जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार सात सय २४ रहेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


