कृष्णनगरमा कोरोना सम्बन्धि अकासमिक बैठक

कपिलवस्तु

बैशाख १७ । कोरोना संक्रमण दर बढदै गए पछि कृष्णनगर नगरपलिका अकासमिक बैठक बसि कोरोना सम्बन्धि केहि निर्णय गरेको छ ।

विहिवार कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहको अध्यक्षतामा उनकै निवासमा स्वास्थ्यकर्मी , नगरपालिका कर्मचारी , सुरक्षाकर्मी र पत्रकार लगायत समबन्धित पक्षहरुको आकस्मिक बैठक बोलाइएको थियो ।

बढदै गएको कोरोना संक्रमणले भविष्यमा हुन सक्ने समस्यालाई मध्यनजर नगरपालिकाले एक्बुलेन्स स्टैन्डबाई राख्ने, पीसिआर चेकजाँच गर्ने, प्रदेश सरकारले प्रदान गरेको एन्टिजेन चेकजाचमा तिव्रता ल्याउने, प्रतेक वडामा ५,५ वेडको आइसोलेसन तैयार गर्ने निर्णय गरिएको छ ।

नगरपालिकाले वडाध्यक्षको प्रत्यक्ष निगरानिमा ५र५ बेडको आइसोलेसन वार्ड बनाउनुका साथै रेपिड टास्क फोर्स पनि गठन गरि संक्रमितलाई समयमै उपचार दिन सक्रिय रहने नगरप्रमुख शाहले बताउनुभयो ।

कृष्णानगर नगरपालिका भित्र रहेको एम्बुलेन्स स्टेन्ड वाई रख्ने तथा शिवराज अस्पताललाई नगर खोप केन्द्र बनाई पिसिआर चेकजाचमा तिव्रता दिने निर्णयमा भनिएको छ ।

कृष्णनगर नगरपालिका भारतीय सिमासंग सटेकाले आवतजावतले गर्दा फर्कने नेपालीहरुमा संक्रमित संख्या बढ्न सक्ने सम्भावना रहेको नगर स्वास्थ शाखा संयोजक शंकर भट्टराईको भनाई छ ।

TOP