विमला वलीले माओवादी केन्द्र रोजेपछि लुम्बिनीमा एमालेकाे बहुमत नपुग्ने
रुपन्देही – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेश सभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेसँगै लुम्बिनी प्रदेशको प्रदेश सभामा नेकपा एमालेको बहुमत नपुग्ने भएको छ ।
दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जित्नुभएको थियो । सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएपछि उहाँ दुवै समूहमा खुल्नुभएको थिएन । वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभालाई गराइ सक्नुभएको छ ।
नेकपा एमालेबाट निर्वाचित उत्तरकुमार वलीकाे गाडी दुर्घटनामा ज्यान गएपछि उहाँकी पत्नी विमला उपचुनावमा विजयी हुनुभएको थियो ।
वलीले माओवादी रोजेपछि ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्तारूढ एमालेसँग ४० सांसद मात्रै भएको छ । प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएलगत्तै एमालेको संसदीय दलको बैठकले फेरि पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
यस्ताे छ वलीकाे वक्तव्य–

हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


