नेपालका कुशल भुर्तेल आईसीसीको उत्कृष्ट खेलाडीको मनोनयनमा
काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले अप्रिल महिनाको उत्कृष्ट खेलाडीको लागि मनोनयन सार्वजनिक गरेको छ ।
आईसीसीले सार्वजनिक गरेको उत्कृष्ट पुरुष खेलाडीको घोषणाको लागि नेपालका कुशल भुर्तेल तथा पाकिस्तानका बाबर आजम र फखर जमानको नाम सार्वजनिक गरेको हो । गएको महिना नेपालमै भएको त्रिदेशीय टी–ट्वेन्टी श्रृङ्खलामा कुशल भुर्तेलले डेब्यु खेलसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान बनाएका थिए ।
कुशलले नेदरल्याण्ड्सँगको खेलमा ६२, मलेसियासँगको खेलमा ६१ र नेदरल्याण्ड्सँगकै खेलमा ६२ रन बनाउँदै कीर्तिमान बनाएका थिए । यस्तै पाकिस्तानका बाबर फखरले दक्षिण अफ्रिकासँगको एकदिवसीय र टी–ट्वेन्टीमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


