गाेरखामा आज रातिदेखि जिल्लाभर निषेधाज्ञा
गोरखा – गोरखामा पनि निषेधाज्ञा लगाइने भएकाे छ । गाेरखामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यसकाे रोकथाम तथा नियन्त्रणका लागि बुधवार (आज) राति १२ बजेदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएकाे हाे ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसी र जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी पौडेलले वैशाख महिनाभर लागू हुने गरी गोरखा जिल्लाभर निषेधाज्ञा जारी गर्नुभएको हो ।
जिल्लामा गोरखा र पालुङटार नगरपालिकासहित आरुघाट गाउँपालिकामा मङ्गलवार (हिजाे) रातिदेखि नै निषेधाज्ञा जारी गरिएको थियो । भीमसेन थापा गाउँपालिका ७ र ८ मा पनि यसअघि नै निषेधाज्ञा गरिएको हो । गाेरखामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक शय ९६ पुगेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


