महाराजगन्जमा २५ बेडको आइसोलेशन सेन्टर तयार, एम्बुलेन्स तयारी अवस्थामा

बृजेश यादव कपिलवस्तु-
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले २५ बेडको अक्सिजन सहितको आइसोलेशन सेन्टर तयार गरेको छ । पालिकाको वडा न ७ कुशाहवा स्वास्थ्य चौकीमा १५ बेडको र वडा नं १० को हरदौना स्वास्थ चौकी भवनमा १० बेडको आइसोलेशन तयार गरिएको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । नगरपालिका भित्र रहेका एम्बुलेन्स तयारी अवस्थामा रहेको नगर प्रमुख कलामले जानकारी दिनु भयो ।
नगर प्रमुख अब्दुल कलामले अक्सिजन सहितको आइशोलेशन सेन्टर उद्द्घाटन गरेको प्रमुख प्रशासकिय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनु भयो । महाराजगन्ज नगरपालिकामा अहिले ९ पुरुष र ३ महिला मात्र कोभिड संक्रमित रहेका छन ।


हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


