पर्वतमा मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते

पर्वत – पर्वतमा मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

ग २ च ५२१३ नम्बरको जीप कुश्मा नगरपालिका १० पहिरेमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अमन परियार र माने परियारलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

कुश्मा नगरपालिका-१३ खौलालाँकुरीका विष्णु परियारको उपचारका क्रममा ज्यान गएपछि शव जिम्मा लिन आउँदा जीप दुर्घटना भएको हो ।

TOP