कीर्तिमानी आराेही कामिरिता शेर्पाद्वारा २५ औँ पटक सगरमाथा आराेहण
काठमाण्डाै – कीर्तिमानी आरोही कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही पनि बन्नुभएको छ ।
शुक्रवार (आज) बेलुकी ६ बजे कामिरिताले सगरमाथाको टुप्पोमा पाइला टेकेको पथ प्रदर्शक कम्पनी सेभेन समिट ट्रेकिङ कम्पनीले जनाएको छ । उहाँसँगै १२ जना शेर्पा पनि सगरमाथामा पुगेका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


