नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव दिँदै अमेरिकाले निकाल्याे ‘ट्राभल एड्भाइजरी’

काठमाण्डाै – अमेरिकाले ‘ट्राभल एड्भाइजरी‘ निकाल्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएकाे छ । काेभिड–१९ काे सङ्क्रमण निकै जाेखिमपूर्ण अवस्थामा रहेकाे भन्दै अमेरिकाले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव दिएकाे हाे । 

अमेरिकी विदेश मन्त्रालयले नेपाललाई लेभल ‘फाेर’ मा राख्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएकाे हाे । 

नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टड विमानकाे सहायतामा अमेरिका लैजाने प्रस्ताव गरिएकाे र यसबारेमा अहिलेसम्म नेपाल सरकारकाे तर्फबाट कुनै जवाफ नआएकाे नेपालमा रहेकाे अमेरिकी दूतावासले जनाएकाे छ । 

नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण बढेसँगै सरकारले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएकाे छ । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध आउँदो जेठ १७ गतेसम्म लम्बिएको छ ।

भारतसँग हप्तामा दुई उडान भने यथावत् नै रहने छ । 

TOP