स्वास्थ्य मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी क्रमश: त्रिपाठी र रावतलाई
काठमाडौँ, ३१ बैशाख । बिहीबार गठन भएको केपी ओली नेतृत्वको नयाँ सरकारको मन्त्री तथा राज्यमन्त्रीको जिम्मेवारी पुरानैले पाएका छन् । सोही अनुसार स्वास्थ्य तथा जनसंख्या जनसंख्या मन्त्रीको जिम्मेवारी हृदयेष त्रिपाठीले पाएका छन । यस्तै स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी नवराज रावत पाएका छन् ।
गत २७ वैशाखमा प्रतिनिधिसभामा ओलीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए । तर राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयमा कसैको दावी नपरेपछि बिहीबार संविधानको धारा ७६ (३) अनुसार ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनःप्रधानमन्त्री नियुक्त भएका थिए ।
नव नियुक्त स्वास्थ्य मन्त्री तथा राज्यमन्त्रीले आजै सितल निवासमा पुगेर पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


