आँधीको जोखिम बढेपछि भारतका केही राज्यमा उच्च सतर्कता
काठमाण्डाै – दक्षिण पूर्वी अरब सागरमा बनेको आँधीको जोखिम बढे पछि भारतका केही ठाउँमा उच्च सतर्कता अपनाइएको छ ।
भारतको गुजरात, केरला र महाराष्ट्रमा आँधीको असर धेरै पर्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर केरलाका दुई जनाको ज्यान गएको छ । यो आँधीका कारण एक सय ५० देखि एक सय ६० किलोमिटर प्रति घण्टाको गतिको हावा चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आँधीका कारण केही ठाउँमा भीषण वर्षासमेत भएको छ । यस्तै, तमिलनाडुमा बाढीको खतरा रहेको खबरमा उल्लेख गरिएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


