नवलपरासीमा प्रहरीको गोली लागेका युवकको ज्यान गयो, अर्का एक जना घाइते
नवलपरासी – नवलपरासीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ । प्रतापपुर गाउँपालिका ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर घाइते हुनुभएका २२ वर्षका अविनाश रायको बुटवलको बुटवल सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हाे ।
गम्भीर घाइते उहाँलाई अस्पताल पुर्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए । यस्तै प्रहरीको गोली लागेर ३० वर्षका विनोद राय घाइते हुनुभएको छ । सीमा बन्द भएको बेलामा पनि भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेका ३ जना युवालाई रोक्न खोजेको र अटेरी गरेकाले गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ । घटनापछि सीमावर्ती गाउँ नेपाल भारत दुवैतर्फ तनाव बढेको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


