अक्सिजन उत्पादन गर्ने कम्पनीलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराइने

काठमाण्डाै – औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्नका लागि कम्पनीहरुलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराउने बताएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले अक्सिजन उत्पादनका लागि आए औद्योगिक क्षेत्रको जग्गा, विद्युत, पानी लगायतका पूर्वाधार उपलब्ध गराउने तथा नियमावली छोट्याएर भएपनि उद्योगलाई काम गर्न सहज बनाइदिने बताउनुभयो । नेपालमा अब अक्सिजन सिलिन्डरको अभाव नहुने भएकाले  र माग अनुसारको अक्सिजन उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लगानीकर्ता व्यवसायीले लिमिटेडको जग्गा रहेको हेटौंडा, मोतिपुर, नेपालगञ्ज, सुदूरपश्चिम लगायतका ठाउँमा अक्सिजन उत्पादनको प्लान्ट राख्न सहजीकरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘औद्योगिक क्षेत्रको जहाँ जहाँ जग्गा छ । लामो भएको नियमावली छोट्याएर छिटोभन्दा छिटो जग्गा, पानी, बिजुली सबै हामी व्यवस्था गर्छौ ।’

अध्यक्ष बस्नेतले केही कम्पनीहरुसँग कुराकानी भइरहेको पनि जानकारी दिनुभयो । उहाँले अहिले भइरहेका अक्सिजन प्लान्टले आवश्यकताको पूर्ति गर्न नसकेको भन्दै उहाँले प्लान्टको क्षमता वृद्धि गर्नुपर्ने पनि बताउनुभयो । अक्सिजन अभावको परिपूर्तिको लागि अब छिमेकी देश चीन र भारतबाट लिक्विड अक्सिजन ल्याउन आवश्यक रहेको बताउनु भयो ।

‘अक्सिजन प्लान्टको क्षमता वृद्धि गर्नुपर्यो । सबै अक्सिजन प्लान्ट फुल फेजमा चलेको छ । अब यसबाट सम्भव छैन । अब सम्भव एउटै मात्रै  छ, हामीले लिक्विड अक्सिजन ल्याउने र सिधै भर्ने’, उहाँले भन्नुभयो, ‘लिक्विड अक्सिजन अब नेपालमा सप्लाई गरेर ज–जसले लिक्विड ट्यांक राख्नुभएको छ । उहाँहरुबाट लिक्विड अक्सिजन सप्लाई गर्यौँ भने सहज हुन्छ । अक्सिजनको अभाव हटाउन तत्काल एक हप्ताभित्रमा लिक्विड अक्सिजन भारत/चिनबाट ल्याएर मात्र समस्या समाधान हुन्छ ।’

उहाँले १५ दिन भित्र बालाजु औद्योगिक क्षेत्रमा ५० किलोलिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क राखिने पनि बताउनुभयो । अक्सिजन लिक्विडको व्यवस्थापन र अक्सिजन प्लान्टको क्षमता बढाइने पनि उहाँकाे भनाइ छ ।

TOP